ताजा समाचार

नियमित उडान हुने भएपछि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थाले

काठमाडौं । असार १७ बाट हुने नियमित उडान हुने भएपछि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थालेका छन् । बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ शुरु भएको जानकारी गराएका छन् ।

सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरि आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो । सरकारले स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डको पूर्ण पालना गर्न भनी एक साताको समय राखी १ जुलाईबाट उडान गर्न अनुमति दिएको हो ।

कम्पनीहरुका अनुसार यात्रुले टिकट काट्न मोवाइल एप, वेवसाइट, रिजर्भेसन, नजिकको सेल्स काउन्टर वा ट्राभल एजेन्सीबाट समेत सक्ने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *