आजका पत्रपत्रिकामा फरक फरक विषयबस्तुले स्थान पाएका छन् । आजको पत्रपत्रिकामा संसदमा पेश भएको सूचना तथा प्रविधि विधेयकबारे विज्ञहरुको राय छापेको छ भने कांग्रेसभित्रको किचलो सबै पत्रिकामा प्राथमिकतामा परेका छन् ।
नागरिक दैनिकले सामाजिक सञ्जाल दुरुपयोगमा जन्मकैदको त्रास शिर्षकमा संसद्मा दर्ता भएको सूचना तथा प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए कसैले सामाजिक सञ्जाल वा विद्युतीय प्रणालीमार्फत राज्यविरुद्धको अपराध हुने खालको कुरा उल्लेख गरे अधिकतम जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको समाचार लेखेको छ ।
कान्तिपुरले अमेरिका र इरानबीच तनावका बीच इराकमा रहेको क्याम्पबाट विदेश हटाउन सुरु गरेको खबर छापेको छ । अहिलेसम्म ७ नेपाली फर्किएका छन् भने अन्यसँग सम्पर्क बढाएको दुतावासले जनाएको छ । त्यस्तै सूचना प्रविधि विधेयकबारे कानुनविद्ले, संविधान र शक्ति पृथकिकरण विपरित बताएको खबरलाई मुख्य प्राथमिकता दिएको छ ।
अन्नपूर्ण पोस्ट्ले पनि कांग्रेसकै विवादलाई मुख्य समाचार बनाएको छ । कांग्रेस सभापति भेलाले केन्द्रिय कार्यसमितिले गरेका निर्णय नमान्ने चेतावनी दिएको समाचारमा उल्लेख छ । त्यस्तै नियम छैन, नियमन ठप्प शिर्षकमा प्रदेश ५ को समस्याबारे लेखेको छ ।
कारोबार दैनिकमा झापाका साना किसानले धमाधम चियाबगान मास्न थालेको समाचारलाई मुख्य बनाएको छ । सरकारले चिया खेतीमा सौलियत नदिएपछि पुराना चियाखेती मास्नु परेको दाबी किसानको छ । त्यस्तै इरान अमेरिका तनावको असर सुनको मुल्यमा परेको खबर छापेको छ । अहिले सुनको मुल्य तोलाको ७६ हजार पुगेको छ ।
नेपाल समाचार पत्रले कांग्रेसको विवाद चर्किएको खबर छापेको छ भने दरबार हत्याकाण्डस्थल हेर्न वर्षदिन कुर्नुपर्ने अर्को समाचार पनि पहिलो पृष्ठमा प्राथमिकताको साथ छापेको छ । नौ महिना जेल बसेपछि ‘निर्दोष’ करार शिर्षकमा पहिलो पेजको पुच्छारमा समाचार लेखेको छ । कसूरअनुसार सजाय भोग्नु त कानुनी नियम नै हो । तर, कसुरबिना नै नौ–नौ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई ? यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–६ थुम्पाखरका रेशमबहादुर पाख्रिनलाई, त्यो पनि बलात्कारको आरोपमा । समाचार अनुसार, दोषी देखिने आधार फेला नपरेपनि उनलाई पुर्पक्षका लागि २४ दिन जेल चलान गरिएको थियो । पाख्रिनले कानुनी उपचार खोजिरहे । एकातिर डाक्टरको रिपोर्ट जिल्ला अदालत पाटनमा पेस भयो । अर्कोतिर उनी आरोप लगाएको दिन कार्यालय नै नगएको बयान दिए । अन्ततः उनी २०७६ असर २४ गते जिल्ला अदालत पाटनले पाख्रिन निर्दोष भएको फैसला सुनायो ।




