विशेष समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

भदौ १३ गते बुधबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचाररमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमा राहुललाई ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमतिदेखी प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको भवन शिलान्न्यास सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस सोमबारका मुख्य १० समाचार
राहुललाई ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमति

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको हो । राहुल महरा भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा बुधबार पक्राउ परेका थिए ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो । चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रुपमामात्र चिनेको बताएका उनले सुन तस्करी प्रकरणमा बिनाकारण आफ्नो नाम मुछिएको आरोप लगाएका थिए ।

अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’का रुपमा उनीहरुलाई बयान नलिएपछि जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । पूर्वसभामुख महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउँदै आएका छन् ।

२४ घण्टामा सरकार ढाल्ने सुनिल शर्माको चेतावनी

नेपाली कांग्रेसका नेता सुनिल शर्माले आफूहरू लागे भने सरकार २४ घण्टामै ढल्ने चेतावनी दिएका छन् ।काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेका नेताकै कारण देश बर्बाद भएको भन्दै त्यसविरुद्ध आवाज उठाउन ढिला भएको बताए । उनले अहिलेका प्रधानमन्त्रीलाई देशै रित्तियो भने कसको प्रधानमन्त्री बन्ने ? भन्दै प्रश्न उठाए ।

उनले उद्योग बाणिज्य महासंघले आफ्नो क्षमता नबुझेको भन्दै उद्योगीहरूले चाहे २४ घण्टामा सरकार ढल्ने ठोकुवा गरे ।‘एफएनसीसीआईका साथीहरू तपाईहरूले आफ्नो दम बुझ्नु भएको छैन, यो सरकार २४ घण्टा टिक्दैन यदि, हामी लाग्यौँ भने,’ उनले भने । चीनले सार्वजनिक गरेको नक्साबारे कूटनीतिक माध्यमबाट कुरा गर्छौं ः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने बताएकी छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको जिज्ञासामा उनले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताएकी हुन् ।

‘यसमा कूटनीतिक ढंगले नै कुराकानी र पहलकदमी गर्नु पर्ने हुन्छ, हाम्रो आधिकारिक नक्सा चुच्चे नक्सा हो, हामीले संसद्को सर्वसम्मतिबाट उक्त नक्सा जारी गरेका हौँ, यो नक्सामा देशकै सर्वसम्मत छ,’ उनले भनिन्, ‘चीनले कुन सन्दर्भमा कसरी नक्सा जारी ग¥यो भन्ने बारेमा कूटनीतिक पहलबाट कुराकानी गरिनेछ ।’ एक अर्को प्रसंगमा मन्त्री शर्माले विभिन्न वादविवाद, संवाद र छलफलका बीच संसदबाट व्याख्यात्मक घोषणा गरी एमसीसी सम्झौता अघि बढेको विषय स्मरण गराइन् ।

चीनले सार्वजनिक गरेको नक्साबारे कूटनीतिक माध्यमबाट कुरा गर्छौं : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने बताएकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको जिज्ञासामा उनले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताएकी हुन् ।

‘यसमा कूटनीतिक ढंगले नै कुराकानी र पहलकदमी गर्नु पर्ने हुन्छ, हाम्रो आधिकारिक नक्सा चुच्चे नक्सा हो, हामीले संसद्को सर्वसम्मतिबाट उक्त नक्सा जारी गरेका हौँ, यो नक्सामा देशकै सर्वसम्मत छ,’ उनले भनिन्, ‘चीनले कुन सन्दर्भमा कसरी नक्सा जारी ग¥यो भन्ने बारेमा कूटनीतिक पहलबाट कुराकानी गरिनेछ ।’ एक अर्को प्रसंगमा मन्त्री शर्माले विभिन्न वादविवाद, संवाद र छलफलका बीच संसदबाट व्याख्यात्मक घोषणा गरी एमसीसी सम्झौता अघि बढेको विषय स्मरण गराइन् ।

औपचारिक रुपमा एमसीसी परियोजना कार्यन्वयनमा

नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच २०७४ साल भदौ २९ मा भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)को पूर्ण रुपमा बुधबारदेखि सुरु भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजना एक औपचारिक समारोहबीच अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले ईआईएफसम्बन्धी पत्र आदान–प्रदान गरेका थिए ।

यसअघि गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)को सञ्चालक समितिले भदौ १३ गतेलाई ईआईएफ मिति तोक्ने निर्णय गरेको थियो । एमसीसी नेपाल कम्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक निर्माण आयोजनाको काम ईआईएफ मिति घोषणा भएको पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नु पर्ने छ । यसरी पाँच वर्ष गणना थालिने अवधि ईआईएफ हो ।

सुरुआती सम्झौतामा ०७७ असार १६ गते (२०२० जुन ३०) बाट ईआईएफ सुरु हुने भनिएको थियो । एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन गर्ने विषय लामो समयसम्म विवादित बन्दा र कम्प्याक्ट लागु हुनुअघि पूरा गरिसक्नु पर्ने भनिएका काम समयमै नसकिँदा ईआईएफ मिति घोषणामा ढिलाइ भएको थियो ।

अमेरिकी अनुदानसम्बन्धी यो सम्झौतामा हस्ताक्षर भएदेखि लागू हुने अवस्थासम्म आइपुग्न छ वर्ष लागेको छ । अर्थ मन्त्रालय र एमसीसीबीच ०७४ भदौ २९ (२०१७ सेप्टेम्बर १४)मा भएको सम्झौता ०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो ।

यो परियोजनामा हुने खर्चको अनुमान ६३ करोड अमेरिकी डलर रहेकोमा अहिले वृद्धि भएर ६९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ। यो सम्झौतामा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले हस्ताक्षर गरेका थिए । एमसीसी आर्थिक गरिबी न्युनिकरण गर्ने उदेश्यले खुलेको स्वतन्त्र अमेरीकी वैदेशिक सहयोग निकाय हो । यो आयोजनामा नेपाल सरकारका तर्फबाट १३ करोड अमेरिकी डलर लगानी गर्नुपर्ने गरी सम्झौता भएको थियो ।

एमसीसीले अहिलेसम्म ३० वटा देशसँग अनुदान सम्झौता गरिसकेको छ । एमसीसी अन्तर्गत ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युतप्रसारण लाइन, तीनवटा सबस्टेशन, तथा पूर्वपश्चिम राजमार्गको ७७ किलोमिटर स्तरोन्नतिजस्ता निर्माण कार्यहरू रहेका छन् । विद्युत प्रसारण परियोजनाका लागि ५८ करोड २४ लाख डलर छुट्ट्याइएको छ भने सडक सुधारका लागि ५ करोड ४९ लाख डलर छुट्ट्याइएको छ । नेपालले विगतदेखी नै समयमा नै आयोजनाका कामहरु सम्पन्न गर्न नसक्दा बाह्य निकायबाट पाउने सहयोग नपाइरेको अवस्था छ ।

कांग्रेसले ग¥यो १८ बागीको निलम्बन फुकुवा

नेपाली कांग्रेसले चितवनका बागी–विद्रोही नेताहरूको निलम्बन फुकुवा गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय अनुशासन समितिले जिल्ला कार्य समितिलाई पत्र लेखी १८ जना विद्रोही नेतालाई कारबाही फुकुवा गरेको हो । नेपाली कांग्रेसले बुधबार एक विज्ञप्ती जारी गर्दै १८ जना पाटीको नियम विपरित गर्ने विद्रोही नेताहरुको निलम्बन फुकुवा सार्वजनिक गरेको छ ।

एमाले अध्यक्ष केपी ओली आफैले निर्वाचन आयोगलाई पत्र लेखेर आफ्नो जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर समर्थन गरेका गठबन्धनका बागी उम्मेदवार दिनेश कोइराला कारबाही फुकुवाको पहिलो नम्बरमै परेका छन् । दिनेश काइराला चितवन –३ बाट निर्वाचनमा उमेदवारी उठेपछि केन्द्रीय सदस्यबाट निलम्बनमा परेका थिए ।

१८ जनाको निलम्बन फुकुवा मध्ये जगन्नाथ पौडेलले भने छुट पाएनन् । स्थानीय निर्वाचनमा भरतपुर महानगरको मेयरका उम्मेदवार रेनु दाहालको विरुद्धमा उम्मेदवारी दिएका जगन्नाथ पौडेलको निलम्बन फुकुवा भएको छैन् । चितवन कांग्रेसका सचिव पोखरेलका अनुसार जगन्नाथजीले खुलेरै घण्टीको पक्षमा भोट मागेपछि उनलाई निलम्बन फुकुवा नगरिएको हो ।
समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुख घिमिरेको आग्रह

सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिलाई संसदीय समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न आग्रह गरेका छन् । सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरुसँग बुुधबार बसेको बैठकमा उनले यस्तो आग्रह गरेका छन् । समितिमा आउने विधेयकहरुलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि सभामुख घिमिरेले आग्रह गरे ।

सभामुख घिमिरेले अहिले आर्थिक हिसावले देशको अर्थतन्त्र कम्जोर भएकाले बजारलाई चलायमान बनाउन नसकिएको कारण बजारलाई चलायमान बनाउनका लागि दश वटै समितिले दुर्त गतिमा सही ढङगले काम गर्नु पर्ने बताए । अहिले नेपालको अर्थतन्त्रमा व्यापार घाटा, निर्यात कम, आयात वृद्धि भइरहेको अवस्थामा रेमिट्यान्स्ले मात्रै मुलुक धानिनुपर्ने अवस्था भएकाले देशको लागि साक्षि राखेर काम गर्नुपर्ने अवस्था भएको हुनाले चाँडै भन्दा चाँडै सही ढंगले काम थाल्नुप¥यो उनले भने । निर्णयमा मात्र सिमित हुन नुहने उनको भनाइ छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समितिले गतिका साथ काम गर्ने , सभाले दिएका दायित्वहरु अब समितिमार्फत पूरा गर्ने, समितिहरुलाई प्रभावकारी ढंगबाट काममा अगाडी बढाएर सभालाई प्रभावकारी बनाउने निर्णय भएको बताए । अहिले विधेयकहरु समितिमा गएको र अब आउने विधेयकहरु पनि समितिमै जाने भएकाले समितिमा सरोकारवालाहरुसँग आवश्यकता अनुसार बस्ने उहाँहरुको कुराहरु सुन्ने लगायत सबै आ–आफ्नो समितिमा निर्वाचित सभापतिहरुले घनिभुत ढंगबाट दफावार छलफल गर्ने, छिटो टुंग्याउने र सभामा ल्याउने कामका लागि विशेष अगाडी बढाउनुपर्ने उनले बताए ।

धनगढीमा समाजवादी मोर्चाको सन्देश सभा स्थगित

समाजवादी मोर्चा नेपालले आज र धनगढीमा सन्देश सभाको आयोजना गरेको बैठक स्थगित भएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो तर समाजवादी मोर्चामा विवादको अवस्था सिर्जना भएपछि उक्त बैठक स्थगित भएको हो । एमसीसीका विषयमा सामाजवादीभित्र विवादका कारण सो बैठक स्थगित भएको थियो । बैठकमा नेकपाका अध्यक्ष विप्लबले प्रधानमन्त्री प्रचण्डलाई भेटेर एमसीसी पास गर्न नहुने भन्दै बहस गरेपछि मोर्चामा असन्तुष्टिको वातावरण पैदा भएको थियो ।

चार दिनदेखि बेपत्ता सेनानी पण्डितको अवस्था अझै अज्ञात

डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित बेपत्ता भएको चार दिन बित्दा पनि सम्पर्क आएका छैनन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ः०० बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्म निस्किएका सेनानी पण्डित साँझसम्म पनि नफर्किएपछि उनको खोजी गर्न थालिएको थियो । त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र रहेको त्रिपुराकोट र जुफाल बजारलगायतका स्थानमा आइतबार साँझदेखि नै खोजी गर्दा पनि सेनानी पण्डित कतै नभेटिएको उनले बताए ।

सेनानी पण्डितको मोबाइल पनि अफ रहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । उनको खोजी गर्न ठूलो संख्यामा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले सेनानी पण्डित अङ्गरक्षकलाई साथमा नलिएर एक्लै हिँडेकाले पनि खोज्न समस्या भएको बताए ।

अवैध साँढे ६० किलो सुन प्रकरणमा थप एकजना प्रहरीको नियन्त्रणमा

त्रिभुवन विमानस्थल हुँदै अवैध रुपमा नेपाल भित्रिएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले थप एक जनालाई नियन्त्रण्मा लिएको छ । प्रहीको नियन्त्रणमा बुधबार पर्नेमा पाल्पा घर भएका गणेश पौडेल रहेका छन् । अहिलेसम्म सुन प्रकरणमा पक्राउ पर्नेको संख्या गणेश पौडेल सहित पक्राउ २४ पुगेको छ ।

हङकङबाट ‘रेडी ट्रेड प्रालि’को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो ।

प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको भवन शिलान्न्यास

नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर्माण हुने भवनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बुधबार आयोजित कार्यक्रमबीच शिलान्न्यास गरेका छन् ।

कार्यक्रममा उपस्थित नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङ र प्रहरी महानिरीक्षक कुँवरले संयुक्त रूपमा उक्त भवनको ताम्रपत्र अनावरण गर्नुको साथै भवन निर्माण कार्य शुरूवातको लागि भूमि पूजन समेत गरे ।

राजदूत तइयोङले वर्तमान समयमा बढ्दै गएको साईबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साईबर ब्यूरोको क्षमताको स्तरोन्नति गर्दै आमनागरिकलाई साईबर अपराधबाट जोगाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । आगामी दिनमा साईबर व्यूरोको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गर्ने उले बताए । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विज्ञान र प्रविधिको क्षेत्रमा देखिएको विकास नेपालमा मात्र नभई हाल विश्वमै ठूलो आयाम र चुनौतिको रूमपमा खडा भएको र यसले नेपाल प्रहरीको कार्यक्षेत्रमा समेत ठूलो परिवर्तन ल्याएको बताए ।

सीमित साधन स्रोत एवं पूर्वाधारका वावजुद साइबर व्यूरोले आफ्नो क्षमता र दक्षताले सम्भव भएसम्मको सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा साईबर अपराधसँग सम्बन्धित विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणको लागि साईबर व्यूरोको संरचना सुदृढिकरण, प्रविधि र दक्ष जनशक्तिको उपलब्धता अत्यन्त जरूरी भएको बताए । महानिरीक्षक कुँवरले मित्रराष्ट्र कोरियाबाट उपलब्ध भएको सहयोग नेपाल प्रहरीको संस्थागत विकासको सन्दर्भमा दूरगामी महत्वको प्रारम्भ विन्दुको रूपमा रहने विश्वास व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *