शिक्षा / स्वास्थ्य

आजदेखि काठमाडौंका यी स्थानमा लगाइँदैछ भेरोसेल खोपको दोस्रो डोज

काठमाडौं । आजदेखि काठमाडौंका सबै स्थानीय तहमा भेरोसेल खोपको दोस्रो डोज लगाइँदैछ ।

गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका ६०-६४ वर्ष उमेर समूहका व्यक्ति लगायतलाई दोस्रो डोज लगाउन लागिएको हो । काठमाडौं महानगरले नगरभित्र १३ वटा र अन्य नगरमा ४ स्थानमा खोप केन्द्र तोकेको छ ।

जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन कार्यालयले अनुरोध गरेको छ । यो खोप लगाउने अन्तिम मिति २४ गतेसम्म छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *