शिक्षा / स्वास्थ्य

पोखरा विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले तत्काल सबै परीक्षा स्थगित गर्न निर्देशन दिएपछि पोखरा विश्वविद्यालयले आजदेखि सबै तहको परीक्षा स्थगित गरेको छ ।

पोखरा विश्वविद्यालय परीक्षा समितिको आज बसेको बैठकले प्रेस विज्ञप्ति जारी गर्दै आजैको मितिबाट पोखरा विश्वविद्यालयल अन्तर्गतका सम्पूर्ण परीक्षाहरु अर्को सूचना नआएसम्म स्थगित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *