शिक्षा / स्वास्थ्य

काठमाडौ विश्वको प्रदूषित सहरको पहिलो नम्बरमा, बालबालिका र वृद्धवृद्धा वायु प्रदूषणको मुख्य मारमा

नेपालमा फेरि वायु प्रदूषण बढेको छ । वायु प्रदूषणको मात्रा सोमबार ह्वात्तै बढ्दा राजधानी काठमाडौं फेरि संसारकै पहिलो नम्बरको प्रदूषित शहर बनेको छ ।

केही दिन अगाडिको वर्षातले केही सफा भए पनि आइतबारदेखि बढेको प्रदूषण सोमबार झनै उकालो लागेको हो ।
एक्युएआइआरका अनुसार सोमबार दिउसो २ बजेको काठमाडौंको एयर क्वालिटी इन्डेक्स २५० मापन हुँदा यो शहर संसारकै धेरै वायु प्रदूषण भएको सूचीमा पहिलो नम्बरमा रहन पुगेको हो । एयर क्वालिटी इन्डेक्समा अमेरिका ४ एक्युआई रहेको छ भने छिमेकी राष्ट्र भारत १३७ एक्युआई रहेको छ ।

सोमबार दिउसो काठमाडौ २५० एक्वुआई हुदा पोखरा २२८एक्युआई नेपालगञ्ज १९८ एक्युआई रहेको छ । एक्वुआई ५० भन्दा माथि हुनु भने बायुप्रदुषणको मात्र बढ्दै जानु हो ।

नेपालमा पानी नपर्नु, डढेलो, धुँवा, धूलो जस्ता कारणले प्रदूषण बढिरहेका छ । चिकित्सकहरुले अत्यावश्यक बाहेको काममा घरबाहिर ननिस्किन सुझाव दिएका छन् । बालबालिका र वृद्ध वुद्धा बायुप्रदुषण मारमा पर्ने गरेका छन् । सरकारले बायु्प्रदुषणको मात्र बढेको बन्दै गत
मंगलबारदेखी ४ दिनको लागी शैक्षिक संस्था बन्द गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *