शिक्षा / स्वास्थ्य

थप १६७ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मङ्गलवार देशभर ३ हजार १ सय ४० जनामा गरिएको पीसीआर परीक्षणमा थप १६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २ लाख ७७ हजार १४७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ११५ जना कोरोना सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएर फर्किएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७२ हजार ७२७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मङ्गलवार नेपालमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाका कारणले ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ३० पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *