शिक्षा / स्वास्थ्य

कोरोना भाइरसभन्दा खतरनाक वायु प्रदूषण

काठमाडौं । कोरोना भाइरसको संक्रमणभन्दा अझ खतरनाक वायु प्रदूषण भएको विज्ञहरुले बताएका छन् । वायु प्रदूषणको भयावहबाट जोगिन उपत्यकावासीलाई विज्ञहरुले सुझाव दिएका छन् ।

वायु प्रदूषणले गर्दा उपत्यकामा वर्षेनी श्वासप्रश्वास्सम्बन्धी रोगी विज्ञ डा. शिक्षण अस्पतालका प्रा.डा. निरज बमले बताए । वायु प्रदूषणका कारण मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुका रोगीको सङ्ख्या बढ्दै गएको उनको भनाइ थियो ।

काठमाडौंमा दिनहुँ सवारीसाधन थपिँदै गएको, सडक खन्ने काम नरोकिएको, कलकारखाना सञ्चालन हुनेक्रम बढ्दै गएको, विकास निर्माणका कामले गति लिँदा वायु प्रदूषण बढ्दै गएको विज्ञहरुले बताएका छन् ।

नेपालमा बर्सेनी वायु प्रदूषणका कारण ४० हजार व्यक्तिले ज्यान गुमाउने गरेको बताइएको छ । वातावरणविज्ञ भूषण तुलाधरका अनुसार वायु प्रदूषण कम गर्न सरकार र आमनागरिक सचेत हुनुपर्छ ।

वायु प्रदूषण कम गर्न तथा हुन नदिन नेपालले समय–समयमा विभिन्न सन्धि सम्झौतामा हस्ताक्षर गर्दै आए पनि कार्यान्वयनको पाटो निकै कमजोर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *