काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा ७१८ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ जना पुगेको छ ।
कोरोना संक्रमणबाट सोमबार थप ७ जनाको मृत्यु भएको छ । संक्रमणले नेपालमा मृत्यु हुनेको संख्या १ हजार ८ सय ३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ६४२७ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६४२७ होम आइसोलेसनमा छन् भने ३६९ जना क्वारेन्टिनमा रहेका छन् ।




