देश

गभर्नर नियुक्तिमा देउवा–ओली सहमति, चाँडै टुंगो लाग्ने सरकारको विश्वास

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति छिट्टै हुने स्पष्ट पारेका छन्। सत्ता गठबन्धनका मुख्य दलहरूबीच सहमति भइसकेको उनले जानकारी दिए।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले योग्य र मुलुकको अर्थतन्त्रलाई सुधार गर्न सक्ने क्षमताको गभर्नर नियुक्त गर्न ढिलाइ भइरहेको बताएका छन्। उनका अनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच यस विषयमा सहमति भइसकेको छ।

अब संयन्त्रको बैठक बस्दैछ, जसले आवश्यक नीतिगत मार्गनिर्देशन दिनेछ, मन्त्री गुरुङले भने, गभर्नरको नियुक्ति कार्यवाहकको भरमा राख्ने स्थायी उपाय होइन, चाँडै समाधान हुन्छ भन्ने हाम्रो विश्वास छ। साथै, उनले शिक्षकहरूको मागप्रति पनि सरकार गम्भीर रहेको उल्लेख गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *