देश

राप्रपाको मोटरसाइकल र्‍यालीले काठमाडौंमा ट्राफिक जाम, यात्रु मर्कामा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनका कारण काठमाडौँ चक्रपथ भित्र सवारी आवागमन अस्तव्यस्त भएको छ ।

बिरलै ट्राफिक जाम हुने करिडोर क्षेत्र (खोला किनारका सडक)भएर यात्रा गर्नेहरू पनि आज जाममा परेका छन् ।

लामो समय सवारी जाम हुँदा चालक र यात्रुहरू मर्कामा परेका छन् । ट्राफिक प्रहरीहरूलाई पनि सवारी व्यवस्थापनमा कठिनाइ भएको थियो ।

राप्रपाले राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य, प्रदेश संरचना खारेजी, भ्रष्टाचार अन्त्य लगायतका माग राखेर आज मोटरसाइकल र्‍याली आयोजना गरेको छ ।

कोटेश्वर, बौद्ध, सुकेधारा, बसुन्धारा, बालाजु र कलंकी क्षेत्रबाट निकालिएको र्‍यालीका सहभागीहरू बिजुली बजारमा जम्मा भएका थिए ।

त्यसपछि बबरमहल, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, भोटाहिटी, जमल, दरबारमार्ग हुँदै नारायणहिटी दरबार संग्रहालय अगाडि पुगेर समापन भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *