काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङको ममतामयी माताको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेसले एक विज्ञप्ती जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक माननीय गोपाल तामाङको ममतामयी माताको ८८ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली कांग्रेसले झापा जिल्ला मेचीनगर नगरपालिका वडा नं.६, काकडभिट्टा निवासी कान्छिमाया तामाङको निधनबाट एक अग्रज व्यक्तित्वलाई गुमाएको भन्दै दुःख व्यक्त गरेको छ । यस्तै नेपाली कांग्रेस उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, दिवंगत आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।





