
काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरु माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् । मधेशी समुदायले लगाउने धोती लगाएर उनीहरु माइतीघर मण्डलामा सहभागी भएका थिए।
उनीहरुले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो ’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । यस्तै बसन्तपुर र पाटन दरबार क्षेत्रमा नेपाली टोपी दिवस मनाइएको छ । मधेशी समुदायले सन् २०१६ देखि जनवरी १ तारिखको दिन धोती दिवस मनाउन सुरु गरेका हुन् ।





