देश

अनलाइन गेम खेलाउन लिमिट लोड गरिदिने सातजना पक्राउ

काठमाडौं । अनलाइन गेम खेलाउनका लागि लिमिट लोड गरिदिएको अभियोगमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको विभिन्न ठाउँमा डेरा गरी बस्ने सिरहा, लहान नगरपालिका–१० बोटटोल घर भएका २४ वर्षीय मिथलेशकुमार मण्डल, लक्ष्मीपुर पतारी गाउँपालिका–६ सोलुखुडी घर भएका २४ वर्षीय मुरारी शाह, लहान नगरपालिका–१ सहिदचोक घर भएका २४ वर्षीय आर्यन साह, लहान नगरपालिका–७ दुर्गा मन्दिरचोक घर भएका २४ वर्षीय अनिषकुमार रौनियार, लहान नगरपालिका–७ दुर्गामन्दिर चोक घर भएका २६ वर्षीय रोशन चौधरी जैसवाल, सुकिपुर नगरपालिका–२ घर भएका २४ वर्षीय शिवमकुमार यादव र लहान नगरपालिका–७ चोक घर भएका २४ वर्षीय हरिशंकर चौधरी छन् ।

अवैध क्रिप्टोकरेन्सी बिटक्विन, क्यास एपमार्फत जुवा, मिल्कवे, गेम्भोल्ट, फायरक्रिन, भेगा स्विप्स, वरियन स्टार जस्ता खेल खेलाई उक्त प्लेफर्ममा लिमिट लोड गराइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका नयाँबानेश्वर सुविधानगर, कोटेश्वर जडिबुटी लगायतको एरियाबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *