राजनीति

छिमेकी मुलुकसँग बढेको सिमा विवादलाई कुटनीतिक माध्यमबाट साधान गर्छौँ: परराष्ट्रमन्त्री मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले विगतको सरकारले नेपालको नयाँ नक्सा जारी गरेर सम्बन्धित देशलाई सामाजिक सँजालमार्फत जानकारी नदिएको बताएका छन् । परराष्ट्रमन्त्री साउदले विगतमा सार्वजनिक भएको नेपालको नयाँ नक्साबारे छिमेकी देशलाई जानकारी गराएर नेपाल र छिमेकी देशबीचको सिमा विवाद कुटनैतिक ढङगबाट समाधान गर्ने दाबी गरे । आइतबार ओखलढुंगाका पत्रकारहरुले चीनले हालै जारी गरेको आफ्नो नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा सरकारको धारणाबारे राखेको जिज्ञासामा मन्त्री साउदले यस्तो बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको नेपालको चुच्चे नक्सा सम्बन्धित देशबाट सम्बन्धित देशहरुमा नेपालका प्रख्यात च्यानमार्फत नगएको जनाएका छन । उनले भने,‘ मन्त्रालयमा उक्त कुरा बुझ्दा औपचारिक रुपमा बाह्य देशलाई जानकारी भएको छैन् । केपी ओलीले नयाँ नक्सा जारी गरेर सम्बन्धित देशलाई जानकारी गराउन नसक्नु ठूलो गल्ति भएको उनको भनाइ छ ।

नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको बताउदै उनले ‘नेपालले आफ्नो नक्सा सार्वभौम संसदबाट सर्वसम्मतले पारित गरेर जारी गरिसकेकाले आफ्नो नक्साका बारेमा कमिटेड छौं र सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको हाम्रो निर्णयको सम्मान गरोस् भन्ने साझा धारणा रहेको बताए । उनले छिमेकी मुलुकसँग बढेको सिमा विवादलाई कुटनीतिक माध्यमबाट साधान गर्न तयार रहेको समेत दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *