देश

‘वान एक्स बेट’मा कलाकारसहित ११ जनाविरुद्ध मुद्दा दर्तासहित सजाय

 काठमाडौं ।  जिल्ला अदालत काठमाडौंमा अनलाइनको माध्यम मार्फत सट्टेबाज (जुवा)खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ प्रकरणमा पक्राउ परेका ११ जना कलाकारविरुद्ध मुद्दा दर्ता भएको छ।

सोमबार दर्ता भएकाे रिटमा उनीहरुविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ३ देखि ११ वर्षसम्म कैद सजाय माग गरेको छ।

योजनाकारका रुपमा रहेका कैलालीको लम्किचुहा नगरपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका ७ चावाहिल बस्ने २८ वर्षीय दिनेश खड्कासहित ११ जनाविरुद्धको मुद्दा अदालतमा पुगेको हो।

अनलाइन जुवा प्रकरणमा खड्काकी पत्नी काभ्रेपलान्चोक धुलिखेल नगरपालिका ११ माइती भई लम्कीचुहा–१० की २९ वर्षीय अनिता धितालविरूद्ध पनि मुद्दा चलेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *