अर्थ

पाँच सयले बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।

बुधबार सुन दुई लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला चार हजार ४२५ रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँले घटेर चार हजार ३९० रुपैयाँमा झरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *