देश

मंसिर पहिलो साता राष्ट्रिय भेला गर्दै एमाले, २६ गते वडा अधिवेशन

काठमाडौं । नेकपा (एमाले)ले मंसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

उनका अनुसार भेलामा पार्टीका प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष–उपाध्यक्ष, साथै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहभागी हुनेछन्।

बैठकले मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। वडा तथा पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय भएको भट्टले बताए।

यस्तै, अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा स्थानीय कमिटीले नै अध्यक्ष चयन गरी माथिल्लो कमिटीबाट अनुमोदन गराएर कार्यान्वयनमा लैजाने निर्णय भएको उनले जानकारी दिए।

स्थायी कमिटी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *