अर्थ

आज सामान्य घट्यो सुन, चाँदीको भाउ ४० रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको दोस्रो दिन सोमबार छापावाल सुन सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला दुई लाख ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने ४० रुपैयाँले बढेर प्रतितोला ४४३० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदीको मूल्यमा गिरावट आएको थियो ।

महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४९ हजार ९१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७९८ रुपैयाँ कायम भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *