देश

कांग्रेस महाधिवेशनमा ओली र देउवा नजाने, पोखरेल सहभागी हुने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजदेखि सुरु हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन् । महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुँदैछ ।

महाधिवेशनमा शुभकामना दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, श्रम संस्कृति पार्टीका अध्यक्ष आरेन राईलगायत सहभागी हुने भएका छन् ।

कांग्रेसले महाधिवेशन उद्घाटनका लागि निवर्तमान सभापति शेरबहादुर देउवालाई पनि निम्तो दिएको थियो । तर, देउवा भने महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

कांग्रेसको परम्पराअनुसार पार्टी सभापतिले नै महाधिवेशन उद्घाटन गर्ने भएकाले सभापति गगन थापाले महाधिवेशन उद्घाटन गर्ने बताइएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उद्घाटन समारोह हुने तथा त्यसपछि बन्दसत्र र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *