देश

विदेश भ्रमणमा जाँदै सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल तान्जानिया जाने तयारीमा लागेका छन् । आइतबार अर्याल असोज १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३ औं महासभामा सहभागी हुन नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्वका लागि तान्जानिया जान लागेका हुन् । आज बेलुका ७ बजे सभामुख अर्यालसहितको प्रतिविधिमण्डल कताएर एयरवेजको क्यूआर ६४५ उडानमार्फत् दोहा हुँदै तान्जानिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिमण्डलमा सभामुख अर्यालकी श्रमती अम्विका के.सी.सहित प्रतिनिधि सभाका रविन महतो, राष्ट्रिय सभाका सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य छन् ।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी, संघीय संसद् सचिवालयका सहसचिव रेखा उपाध्याय खनाल र सभामुखका निजी सचिव मधु मिजार पनि भ्रमण टोलीमा रहेको स्रोतले जनाएको छ ।

सभामुख अर्यालले तान्जानियाको अरुशा शहरमा आयोजना हुने महासभामा ‘समावेशीता, विश्वास र अवसरहरू मार्फत सुशासन अभिवृद्धि गर्ने र समुदायहरूलाई सशक्त बनाउने’ विषयक जेनरल डिबेटमा मा मन्तव्य राख्नेछन् । इमर्जेन्सी एजेण्डाको रुपमा ‘अर्जेन्ट पार्लियामेन्ट्री एक्सन’ तय गरिएको छ । ‘हिमालयन क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रहरूमा जलवायु–सम्बन्धी विपद्हरूको सामना र उत्थानशीलता सुदृढ गरौं’ भन्ने रहेको छ ।

अन्तरव्यवस्थापिका संघ अन्तर्गतको एसियाली संसदीय सभामा माननीय झक्कु प्रसाद सुवेदी समेत सहभागि हुने तयारी रहेको छ दिगो विकास स्थायी समितिको एसिया प्यासिफिक क्षेत्रबाट सहप्रतिवेदन तथा फोरम अफ वुमन पार्लियामेन्ट्रिजमा अन्जान शाक्य सहभागी हुनेछिन् । युवा सांसदहरूको फोरममा सांसद रविन महतोले सहभागि हुनेछन् ।

साथै, महासभामा सहभागी हुने विभिन्न मुलुकका प्रतिनिधिमण्डलसँग साइडलाइन बैठकहरू हुने कार्यक्रमसमेत रहेको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद् महासचिव संघको बैठकमा संसदीय प्रणाली संरचना, कोष, र क्षमता निर्माण विषयमा प्रस्तुति दिनेछन् ।

अन्तरव्यवस्थापिका संघको १५३ औं महासभा तथा सो सँग सम्बन्धित बैठकहरूमा सहभागिता जनाए सभामुख अर्याल पश्चात् केन्या जानेछन् ।
केन्याका सभामुख डा.मोसेस एम. वेताङउलाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाली प्रतिनिधिमण्डलले केन्याको संसद्को औपचारिक भ्रमण गर्न लागेको हो । केन्याको भ्रमण समेर प्रतिनिधिमण्डल असोज २७ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *