अर्थ

बेनेलीको दसैँ अफर : एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा

काठमाडौं । बेनेली नेपालले दसैँको अवसर पारेर ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ । नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले नयाँ मोटरसाइकल तथा स्कुटर खरिदलाई सहज बनाउने उद्देश्यले ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सहज फाइनान्सिङ सुविधासहितको योजना ल्याएको हो ।

योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरसँग बेनेलीका नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ४० हजार रुपैयाँसम्मको बोनस प्राप्त गर्न सक्नेछन् । पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ बेनेली खरिद गर्न चाहने ग्राहकले दसैँको अवसरमा थप मूल्य लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकको खरिद प्रक्रियालाई सहज बनाउन कम्पनीले फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ । यस सुविधामार्फत ग्राहकले आफ्नो बजेटअनुसार सहज किस्ताबन्दीमा बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

दसैँ अफरअन्तर्गत बेनेलीको Panarea 125 स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ तथा Benelli 180S मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँ मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दसैँको अवसरमा ल्याइएको यो योजनाले पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ बेनेली खरिद गर्न चाहने ग्राहकलाई थप मूल्य लाभसँगै सहज खरिदको अवसर प्रदान गर्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *