देश

स्कुल तहदेखि उच्च शिक्षासम्म रोजगारीसँग जोडिएको शिक्षा मोडेल नेपालका लागि उपयुक्त

काठमाडौं । नेपालको शिक्षा प्रणालीलाई रोजगारी र सीपसँग प्रत्यक्ष रूपमा जोड्ने मोडेल आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्। स्कुल तहदेखि उच्च शिक्षासम्म विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक ज्ञान, सीप र रोजगारीका अवसरसँग जोड्न सके शिक्षाको प्रभावकारितासँगै सामाजिक आर्थिक स्तरमा समेत सुधार आउन समय लाग्दैन् । बालेन सरकारले देशभरीका ७७ वटा विद्यालयहरु र १० वटै युनिभरसिटीमा यस्तो किसिमको शिक्षा नीति आवश्यक रहेको देखिन्छ ।

शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमका रूपमा सीमित नराखी विद्यार्थीलाई श्रम बजारमा आवश्यक पर्ने सीप र दक्षतासँग जोड्नुपर्ने आवश्यकता देखिएको छ। विद्यालय तहदेखि नै व्यावसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै उच्च शिक्षासम्म त्यसलाई निरन्तरता दिन सके देशमैँ रोजगारीको अवसर विस्तार हुन सक्छ । विगतका सरकारले र शिक्षामन्त्री र शैक्षिक प्रशासनले समेत सो अनुकुलको शीक्षा नीति लिन नसक्दा एक कोहोर अध्ययनले मात्र परिवारमा गरिबी मात्र बढाएको छैन्,शिक्षित विद्यार्थीहरुले समेत रोजगारी पाउन नसक्दा बिच्मैँ कलेज छोडेर आर्थिक अभावका कारण वैदेशिक्ष रोजागरीमा जान बाध्य छन् ।

नेपालमा उच्च शिक्षा हासिल गरेपछि पनि ठूलो संख्यामा युवाहरू रोजगारीका लागि विदेश जानुपर्ने अवस्था रहेकाले शिक्षा र रोजगारीबीचको दूरी कम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। विद्यार्थीले अध्ययनका क्रममा नै आफ्नो रुचि, क्षमता र श्रम बजारको मागअनुसार सीप विकास गर्ने अवसर पाउनुपर्ने उनीहरूको धारणा छ।

स्कुल तहदेखि नै प्राविधिक, व्यावसायिक तथा उद्यमशीलतासम्बन्धी शिक्षा विस्तार गर्न सके विद्यार्थीलाई भविष्यको रोजगारीका लागि तयार गर्न सकिने देखिन्छ। उच्च शिक्षामा पनि पाठ्यक्रमलाई उद्योग, व्यवसाय तथा श्रम बजारको आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

रोजगारदातासँगको सहकार्यमा इन्टर्नसिप, तालिम तथा व्यावहारिक अभ्यासका अवसर बढाउन सके विद्यार्थीले पढाइ पूरा गर्नुअघि नै कार्यक्षेत्रको अनुभव हासिल गर्न सक्नेछन्। यसले शिक्षित बेरोजगारी घटाउनुका साथै निजी तथा सार्वजनिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालका लागि शिक्षा र रोजगारीलाई अलग–अलग क्षेत्रका रूपमा हेर्नुभन्दा एउटै प्रणालीका रूपमा विकास गर्नु आवश्यक देखिएको छ। स्कुल तहदेखि उच्च शिक्षासम्म अध्ययन, सीप, उत्पादन र रोजगारीलाई जोड्ने मोडेल लागू गर्न सके युवालाई स्वदेशमै अवसर सिर्जना गर्न तथा देशको आर्थिक विकासमा योगदान पुर्‍याउन सकिने सरोकारवालाहरूको धारणा छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *