अर्थ

बैङिक कसुरको आरोपमा प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । प्रहरीले बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जना पक्राउ गरेको हो ।

ब्युरोकी प्रमुख तथा एआईजी किरण बज्राचार्यका अनुसार प्रहरीले उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । कमसल धितो राखेर उनीहरुले बैंकिङ कसुर गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको बज्राचार्यले जानकारी दिए ।

देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईको डिजाइन र मिलेमतोमा सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सीईओ मनोज न्यौपाने, त्यसअघिका सिइओ तुलसीराम गौतम लगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी कारोबार गरेको उनीहरुमाथि आरोप लागेको छ ।

१३ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको प्रभु बैंकले १० अर्ब चुक्ता पुँजी रहेको सेञ्चुरी कमर्सियल बैंकलाईसमावेश गराएको थियो । १० अर्बको बैंकमध्ये झन्डै २ अर्ब रुपैयाँ समस्याग्रस्त देउराली सहकारीसँग सम्बन्धित रवीन्द्र चौलागाई तथा उनको कम्पनीहरूलाई ऋणमा दिइएको जनाइएको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *