काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ १६ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा रहेको छ । युरो एकको खरिद दर १३१ रुपैयाँ ९० पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ १० पैसा र बिक्री दर १५२ रुपैयाँ ५३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४६ पैसा र बिक्री दर ३४ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।






