काठमाडौं । महँगी नियन्त्रण गर्न सरकारले देशव्यापी रुपमा बजार अनुगमन गर्ने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गर्दै संघ, प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहका सबै संयन्त्र परिचालन गरेर देशव्यापी बजार अनुगमन गर्ने निर्णय भएको जानकारी दिए ।
इन्धनको मूल्य बढेपछि खाद्यान्न, औषधि र सेवाको मूल्यमा गरिएको मूल्यवृद्धि घटाउन र उपभोक्तालाई राहत दिनेगरी काम गर्ने निर्णय गरिएको समेत जानकारी दिए ।




