काठमाडौं । नेकपा एमालेले उच्च आय भएका ५ हजार पार्टी कार्यकर्ता र नेतासँग ५ हजार रुपैया उठाउने भएको छ ।
लेवि संकलनको नयाँ नियम जारी गर्दै एमालेले उच्च आय भएका ५ हजार जनाले पार्टीलाई मासिक ५ हजार दिनुपर्ने अन्तर पार्टी निर्देशन जारी गरेको हो ।
विक्रम सम्बत् २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले फेरी ब्युझिएको र कोष व्यवस्थापनलाई व्यवस्थित बनाउन लेवी संकलनलाई प्रभावकारी बनाउन थालेको हो ।




