काठमाडौं । बजेट पारित गर्न नियम निलम्बन गर्ने सरकारको प्रस्ताव एमाले अध्यक्ष केपी ओलीले अस्विकार गरेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका कानून न्याय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रतिपक्षी दल एमालेसँग छलफल गरेर अघि बढ्ने तयारी गरेको भएपनि अध्यक्ष ओली भने असहमत भएको जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले नियम निलम्वन गरेर बजेट छिटो पारित गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको समेत जानकारी दिए । उनले अध्यक्ष ओलीलाई भेट्नका लागि कैहीदिन अघि ओली निवास पुगेको भएपनि वार्ता सकारात्मक हुन नसकेको उनले जानकारी दिए ।
प्रवक्ता कार्कीले भदौ २३ देखि सूरु हुने संसदको अधिवेशनमा समेत प्रतिपक्षसँग वार्ताद्वारा बजेटका सम्बन्धमा निष्कर्षमा पुग्ने उनको भनाई छ । आजै बसेको मन्त्रिपरिषद्को बैठकले जनगणना कार्तिकमा शुरु गर्ने निर्णय गरेको थियो ।
त्यसबाहेक विभिन्न निकायबाट प्राप्त हुने सहुलियत ऋण समेत स्विकार गर्ने निर्णय गरेको थियो ।




