काठमाडौं । २०७७ सालको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्सेले २७ सय अंक पार गरेर नयाँ रेकर्ड बनाएको छ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत चैत्र २५ गते बुधबार नेप्से दुई हजार छ सय ८४ दशमलब ७८ विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज ७ अर्ब १४ करोड ३१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये सात समूह बाहेक अन्यसबै समूह बढेका छन् । आज ६ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।
समूहगत रुपमा हेर्दा बैंकिङ ४२, ब्यापार ६९, विकास बैंक ९५, जलविद्युत ३१ र फाइनान्स समूह ३ अंकले बढे। होटल तथा पर्यटन ६५, निर्जीवन बीमा ८८, उत्पादन २१, अन्य ७ माइक्रोफाइनान्स १४ र जीवन बीमा समूह ५१ अंकले घटेका छन्।
५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।
एनआइसी एसिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ, सिन्धु विकास बैंक, छ्याङ्दी हाइड्रोपावरको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो। आजको कारोबारपछि एनआइसी एसिया लघुवित्तको मूल्य १६९९ रुपैयाँ, माउन्टेनको ८३३, ज्योतिको ५१४, सिन्धुको २४६, छ्याङ्दीको २६९ रुपैयाँ कायम भएको छ।
ग्लोबल आइएमई लघुवित्त र लक्ष्मी लघुवित्तको मूल्य ४ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा यस दिन नबिल बैंक अग्रस्थानमा रह्यो। सो बैंकको २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य १३४८ बाट बढेर १३८० रुपैयाँ पुगेको छ।




