यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से )परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ। बिहीबार परिसूचक २.७४ अंकले बढेर २६७४.३५ अंकमा कायम भएको छ।
आज २०७ वटा कम्पनीको एक करोड ३२ लाख ४३ हजार कित्ता सेयर ७० हजार २३९ पटक खरिद बिक्री हुँदा छ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज व्यापार, जलविद्युत, निर्जीवन बिमा समूह, उत्पादन समूह, अन्य समूह र लगानी समूह क्रमशः ३२.०१, २३.३३, ६२.६३, २८.७७, २२.५१, र ०.४१ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।
बिहीबार बैंक, होटेल र पर्यटन, विकास बैंक, वित्त, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहका लगानीकर्ताले कमाएका छन् । व्यापार, जलविद्युत, निर्जीवन बीमा, निर्माण तथा उत्पादन, अन्य र लगानी समूहका लगानीकर्ताले भने गुमाए । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत आज घटेको छ ।
बिहीबार कुल २ सय ७ कम्पनीको ७१ हजार २ सय ४१ कारोबार भएको छ । आज कुल १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर किनबेच भएको छ ।
बिहीबार ६ वटा कम्पनीको पोजेटिभ सर्किट लेवलमा कारोबार भएको छ । आज एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, ग्रीनलाइफ हाइड्रोपावर, ज्योती लाइफ इन्स्योरेन्स, मल्टीप्रपोज फाइनान्स, रिलायन्स फाइनान्स र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । युनिभर्सल पावर कम्पनी, रसुवागढी हाइड्रोपावर, अजोड इन्स्योरेन्स, एआईसी एसिया ग्रोथ फण्डलगायत कम्पनीका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन् ।




