काठमाडौं।राजावादी आन्दोलनको कमाण्डर अन्ततः दुर्गा प्रसाई भएका छन्।नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाएको हो ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदी स्वयंले त्यसको जानकारी दिएका हुन् ।प्रसाईंको नेतृत्वमा भोलि राजावादीहरुले काठमाडौंमा राजवादीले प्रदर्शन गर्दैछन् ।
यसैगरी, राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको पनि जानकारी गराइएको थियो ।
भोलि नै समाजवादी मोर्चाले पनि काठमाडौँमा आन्दोलन गर्दै छन् ।समाजवादी मोर्चाले भृकुटीमण्डपमा आन्दोलन गर्ने जनाएका छन् ।




