काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक सुरु भएको हो ।
आजको बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुने जनाइएको छ । एमालेले आगामी पुस २१ र २२ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
यसअघि बुधबार एमालेले संगठित सदस्यबाट हटाएपछि पूर्व उपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्नको वर्षा गरेका थिए ।




