राजनीति

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्छ : महामन्त्री सिंह

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् ।

सो पार्टीले समसामयिक विषयमा धारणा राख्न आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

भन्छन्, “सहकारी ठगीबाट लाखौँ जनता पीडित भएका छन्, थोरै पुँजी भएका जनताको थोरै–थोरै रकम सुरक्षाका लागि जम्मा गर्ने माध्यम सहकारी हो, तर यहाँ सहकारीका कारण अर्बौं रुपैयाँ अपचलन भएको छ, सत्यतथ्य छानबिन गरी कारबाही हुनुपर्छ ।”

“धेरै सहकारीमा रकम अपचलन भएको छ, भ्रष्टाचार भएको छ, यसमा संलग्न जो भए पनि छानबिन हुनुपर्छ, सरकारले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ”, उनले भने, “लाखौँ जनताको बिचल्ली भएको छ, उहाँहरूलाई न्याय दिनुपर्छ ।”

यस्तै, उनले देशमा रोजगारीको अवसर नहुँदा विदेशिनेको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै आफ्नै देशमा रोजगारीको अवसर सृजना गर्नेतर्फ सरकार उद्यत हुनुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *