काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकता संयोजन समिति गठन गर्ने र एउटै चिह्नबाट चुनाव लड्न विषयमा छलफल भएकोे छ ।
सोमबार हात्तिवनमा भएको भेटमा प्रचण्ड र माधवबीच निर्वाचन अगाडी नै पार्टी एकताका लागि संयोजन समिति गठन गर्ने सहमति भएको छ । एकीकृत समाजवादीले यस यसअघि नै पार्टी एकताका लागि संयोजन समिति गठन गर्ने निर्णय गरेको थियो ।
माओवादीले सिंयोजन समिति गठन गर्ने सवालमा निर्णय नगरेपनि समिति गठनका लागि तयार रहेको बताउँदै आएको थियो । यसैगरी प्रचण्ड र माधवबीच आगामी निर्वाचनमा एउटै चिह्नबाट प्रतिस्पर्धा गर्ने विषयमा आधारभूत सहमति भएको छ ।
दुवै पार्टीले यस विषयमा आधिकारिक निर्णय गरिनसकेको भएपनि दुई अध्यक्षबीच एउटै चिह्नबाट प्रतिस्पर्धा गर्ने विषयमा आधारभुत सहमति भएको हो ।
दुई अध्यक्षबीच यस विषयमा पार्टीमा छलफल गर्ने र थप निर्णय गर्ने सहमति भएको छ ।




