मुम्बई । लागूऔषध कारोबार आरोपमा एनसीबीद्वारा पक्राउ परेका कमेडियन भारतीय सिंह र उनका पति हर्ष लिम्बाचियालाई किला अदालतले १४ दिन न्यायिक हिरासतमा पठाएको छ ।
एनसीबीले अदालतसँग १४ दिन हिरासतमा राखेर अध्ययन गर्नुपर्ने भएकाले त्यति समय माग गरेको थियो । दुवैलाई शनिबार पक्राउ गरिएको थियो । भारतीको घरमा गाँजा फेला परेको एनसीबीले जनाएको छ ।
एनसीबीसँगको बयानमा भारतीले आफूले गाँजा सेवन गर्ने गरेको स्वीकारेकी थिइन् । भारतीले अदालतसामु जमानतमा रिहा गर्न माग गरेकी थिइन्, त्यसमा सोमबार सुनुवाइ हुने भएको छ ।




