देश

तिहारपछि खुलामञ्चमा निःशुल्क खाना वितरण बन्द गरिने

काठमाडौँ । तिहारपछि खुलामञ्चसहित राजधानीका खुला ठाउँमा निःशुल्क खाना वितरण बन्द गरिने भएको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका र हाम्रो सानो प्रयास, हन्ड्रेड्स ग्रुप, गसिप क्वीन, हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसियसनलगायतका अभियान–संघसंस्थाबिच भाइटीकाको भोलिपल्टदेखि सार्वजनिक स्थानमा निःशुल्क खाना नखुवाउने सहमति भएको हो ।

सहमतिअनुसार अबदेखि अभियन्ताहरुले स्थानीय पालिकाको समन्वयमा निश्चित स्थान पहिचान गर्नुपर्ने वा प्याकेटमा मात्र खाना वितरण गर्नुपर्ने छ ।

कोरोना भाइरसको आतंकका कारण सिर्जना भएको लकडाउनमा रोजगारी गुमाएका, मजदुर, असहाय र अशक्तलाई खुलामञ्च, पशुपतिलगायतका क्षेत्रमा अभियन्ताहरुले खाना खुवाउँदै आएका थिए । तर, महानगरले यसबाट संक्रमण फैलने खतरा हुने र फोहोर हुने भन्दै खाना वितरणमा अवरोध गर्दै आएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *