देश

हराएको सिमकार्डका लागि अनलाइनबाटै फारम भर्न सकिने

काठमाडौँ। नेपाल टेलिकमको सिमकार्ड हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ । नेपाल टेलिकमले आजदेखि यो सेवाको सुरु गरेको हो ।

यसरी हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ फिजिकल वा ई-सिम लिन चाहने सेवाग्राहीले टेलिकमको वेवसाइटमा लगइन गरी त्यहाँ दिइएको निर्देशन अनुसार रजिस्टर गरी आवश्यक विवरण उपलब्ध गराउनुपर्ने छ ।

सम्पूर्ण विवरण भरिसकेपछि ग्राहक स्वयम् काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत उक्त सिमकार्ड लिन सक्ने टेलिकमले जनाएको छ । यसका लागि आवश्यक शुल्क ५० रुपियाँ काउन्टरमै तिर्नुपर्ने छ । ग्राहक आफैँ उपस्थित हुन नसकेको खण्डमा काउन्टरमा आउने प्रतिनिधिको नामसमेत फाराममै उल्लेख गर्नुपर्ने छ भने प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजातसमेत उपलब्ध गराउनुपर्ने छ । ग्राहकको गोपनीयता र आवश्यक सुरक्षाका लागि यी सबै व्यवस्था गरिएको टेलिकमले प्रस्ट पारेको छ ।

टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार वेवसाइटमा लगइन गरेर हाल हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिन सकिने सुविधा थप गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *