काठमाडौँ। जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको छ।
गएराति सम्पन्न खेलमा पञ्जावले दिएको १६४ रनको लक्ष्य गुजरातले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
गुजरातका लागि साई सुदर्शनले ५७ रनको महत्वपूर्ण इनिङ खेले भने वाशिङटन सुन्दर ४० रनमा अविजित रहे। जोस बटलरले २६ रन र निशान्त सिन्धुले १५ रन जोडे।
यसअघि पहिले ब्याटिङ गरेको पञ्जाव किंग्सले २० ओभरमा ९ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। पञ्जावका लागि सुर्यांश शेडगेले ५७ रन, मार्कस स्टोइनिसले ४० रन, मार्को जानसेनले २० रन र कप्तान श्रेयस अय्यरले १९ रनको योगदान दिए।
गुजरातका बलर जासन गोल्डरले ४ विकेट लिए भने मोहम्मद सिराज र कागिसो रबाडाले २–२ विकेट लिए।
यो जितसँगै गुजरात टाइटन्सले १० खेलमा १२ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ। पञ्जाव किंग्स ९ खेलमा १३ अंकसहित शीर्ष स्थानमा यथावत छ।
आईपीएलअन्तर्गत आज मुम्बई इन्डियन्स र लखनउ सुपरजाइन्ट्सबीच खेल हुँदैछ।




