खेलकुद

रियल म्याड्रिडको जित, इस्पानियोल २–० ले पराजित

काठमाडौँ। स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले इस्पानियोललाई २–० ले पराजित गरेको छ। गएराति सम्पन्न खेलमा रियलका लागि दुवै गोल भिनिसियस जुनियरले गरेका हुन्।

यो जितसँगै रियल म्याड्रिडले ३४ खेलमा ७७ अंक जोड्दै दोस्रो स्थानमा कायम छ। रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ११ अंकले पछि रहेको छ।

बार्सिलोना भने उपाधि नजिक पुगेको छ। अब लिगमा तीन खेल बाँकी रहँदा एक जितले नै बार्सिलोनालाई उपाधि सुनिश्चित गर्न सक्ने अवस्था छ।

यसैबीच, पराजित इस्पानियोलको ३४ खेलमा ३९ अंक रहेको छ र टोली १३औं स्थानमा रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *