काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा निर्वतमान सभापति शेरबहादुर देउवालाई सम्मानजनक ढंगले आमन्त्रण गर्नुपर्ने माग पार्टीभित्रको इतर समूहले अघि सारेको छ।
इतर समूहका नेताहरूले पार्टीको महाधिवेशनजस्तो महत्वपूर्ण कार्यक्रममा पूर्वसभापति तथा पार्टीका वरिष्ठ नेताको हैसियतमा देउवालाई उचित सम्मान दिनुपर्ने धारणा राखेका हुन्। उनीहरूले महाधिवेशन उद्घाटनका लागि देउवालाई औपचारिक तथा सम्मानजनक पत्र पठाउन सभापति पदका उम्मेदवार गगन थापासँग आग्रह गरेका छन्। सभापति थापाले सामाजिक संजालबाट पार्टी एकताका लागि आफू तयार रहेको र पूर्वप्रधानमन्त्री तथा निर्वमान सभापति शेरबहादुर देउवालाई १५ औँ महाधिवेशन उद्घाटनका लागि आमन्त्रण गरेपछि इतर समुहका नेताहरुले सामाजिक संजालबाट मात्र नभइ सम्मानजनक ढङ्गले पत्र पठाएर निमन्त्रणा गर्नुपर्ने कांग्रेस संस्थापनइतर समुहका नेताहरुको माग छ ।
समूहका नेताहरूका अनुसार महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्र र एकताको महत्वपूर्ण अवसर भएकाले नेतृत्वबीचको व्यवहारले त्यसको सन्देश पनि दिनुपर्ने हुन्छ। त्यसैले देउवालाई सामान्य औपचारिकताभन्दा माथि उठेर सम्मानपूर्वक निम्तो दिनुपर्ने उनीहरूको जोड छ।
महाधिवेशनको तयारीसँगै कांग्रेसभित्र नेतृत्व, प्रतिनिधित्व र विगतका नेतृत्वसँगको सम्बन्धलाई लिएर आन्तरिक छलफलसमेत तीव्र बनेको छ। इतर समूहले महाधिवेशनलाई गुटगत दूरी घटाउने र पार्टीभित्र सहकार्यको वातावरण निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै आएको छ। देउवालाई उद्घाटन समारोहमा कसरी आमन्त्रण गर्ने भन्ने विषयमा थापासहित कांग्रेसको नेतृत्व तहमा थप छलफल हुने अपेक्षा गरिएको छ।
जेनजी आन्दोलनमा आन्दोलनकारीको आक्रमणबाट घाइते भएका निर्वतमान सभापति देउवा उपचारका लागि सिंगापुर पुगेर स्वास्थ्य उपचार गरेर नेपाल फर्किएका देउवाले लोकतान्त्रिक व्यावस्थाको संरक्षण र देश संकटमा परेका बेला पार्टीलाई एकता गर्न आफू तयार रहेको बताएका थिए । बिहीबार इतरसमुहका नेताहरुले संस्थापन समुहको बैठकमा सहभागि भई महाधिवेशन रोकेर अझ महत्वपूर्ण छलफल गर्न आवश्यक रहेको बताएका छन् । निर्वतमान उपसभापति पूर्णबहादुर खड्का, बिमलेन्द्र निधी,प्रकाशमान सिंह लगायतका नेताहरुले सो बताएका हुन् । उनीहरुले निर्वमान सभापति नेपालमा नै रहेकाले सभापति थापाले सम्मानजनक ढङगबाट भेट गरी पत्र दिनुपर्र्ने उनीहरुको माग छ । देउवाले पनि बारम्बार विज्ञप्ती सार्वजनिक गर्दै आफू कुनै पनि पद र लाभमा नलाग्ने र पार्टीलाई एकता गर्न तयार रहेको उल्लेख गरेका थिए । १४ औँ महाधिवेशनबाट निर्वाचित सभापतिले नै १५ औँ महाधिवेशनको उद्घाटन गर्न पाउनुपर्ने इतरसमुहको माग छ ।




