देश

अर्थसमितिद्वारा नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसहमत पास

काठमाडौँ।प्रतिनिधिसभा, अर्थसमितिको बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसहमत पास भएको छ ।

अर्थ समितिका समिति सचिव लक्ष्मण अर्यालले अर्थसमितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल राष्ट्र बैंक, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल सकिएर विधेयकको प्रतिवेदन सर्वसहमत पास गरेको जानकारी दिए । उनले अर्थ समितिबाट सर्वसहमत पास भएको प्रतिवेदन आगामी प्रतिनिधिसभाको बैठकमा पेस हुने जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *