रिबन

अब राज्यका कारण कोही पनि नागरिकको ज्यान नजाओस्, सरकार जिम्मेवार बन्न आवश्यक

धनी र करोडपतिका लागि खासै राज्यको आवश्यकता पर्दैन,तर गरिब,निमुखा,मध्यमवर्गाी परिवारलाई नै राज्यको सुविधा,सरक्षा र मायाँ आवश्यकता पर्ने हो । धनी र करोपतीले त सबै किन्न सक्छन् उनीहरुसँग त टन्न पैसा हुन्छ झोलाभरी । तर झोला भर्न कै लागि संघर्ष गरिरहेका गरिब,निमुखा,र मध्यवर्गीय परिवारलाई भने बिहान बेलुकाको छाक टार्ने मुस्किल हुन्छ । उनीहरु जीवन कुन बेला कहाँ जान्छ भन्ने निश्चित हुँदैन् । अन्यायमा प¥यो भने बोलिदिने समेत कोही पनि हुँदैनन् । होचो,सोझो र गरिब वर्ग धनीले गर्ने अस्त्र बन्ने गरेका घटनाहरु यत्रतत्र छरिएका छन् । जुन सामाजिक संजालहरुमा हामि सबैले हेर्दै,देख्दै र सुन्दै आएका छौँ । राज्य पनि त्यही कम्जोर वर्गमाथि शोषण गर्न खोज्छ । राज्यले पावर,शक्ति र समुह नभएकाहरुमाथि जति अन्याय परे पनि सुन्नै मान्दैन्,यो फिक्सन होइन,यर्थाथता हो ।

राज्यको नीति,दबाब र निरङकुश शासनका कारण प्रत्येक दिन हरेक नागरिकको ज्यान जाने गरेको छ । सरकारले नागरिकका समस्या समयमा नसुनिदिने र दबाब सिर्जना गर्दा नागरिकहरु मर्न बाध्य भएका हुन् । सरकारले कुनै पनि नागरिकको मृत्यु हुनुभन्दा पहिल्यै नै सम्पूर्ण संयन्त्र अपनाएको हुनुपर्ने हो, तर नेपाली समाजमा घट्ना घटेपछिमात्र समवेदना छर्ने परम्परा चल्दै आएको छ । सोही परम्परा जेनजी आन्दोलनपछि गठित रास्वपा नेतृत्वको सरकारमा पनि प्रष्टै देखिएको छ । तर अव सरकार सचेत हुन जरुरी छ । दबाबको राजनीति हैन, न्याय र समृद्धिका लागि कार्यक्रम सरकारले ल्याउन सकोस् ।

सरकार सँधै जिम्मेवार र नैतिकवान हुन सके मात्र देशमा शान्ति सु–व्यवस्था बलियो हुँदै जान्छ । यदि राज्यले मनपरी ढङगबाट अघि बढ्न खोज्छ भने त्यहाँ शान्ति, सु्रक्षा र अमन चयनको परिकल्पना समेत गर्न सकिदैँन् । प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति संघीय संसदमा मात्र होइन् देशभर प्रश्न चिह्नहरु उठ्ने गरेका छन् । प्रधानमन्त्री गैरजिम्मेवार र फिल्मको हिरो जस्तो भएर राजनीतिमा हुँदैन् ।

बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयअगाडि मृगुको सोरु गाउँपालिका वडा न. १ स्थायी निवासी हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गनेश नेपालीले मोटरसाइकल पार्किङ गरेका थिए । उनले लामो समय पनि पार्किङ गरेका रहेन्छन्,सामाजिक संजालमा सार्वजनिक  भिडीयो सुन्दा । काठमाडौं महानगर प्रहरीको टोलीले मोटरसाइकलमा ह्वीललक लगाइदिएपछि उनले नगरप्रहरीको ज्याजतीका कारण आफूले आत्मदाह गर्न बाध्य भएको भन्दै आत्मदाहको प्रयास गरे । उनको उपचारका क्रममा शुक्रबार क्रममा वीर अस्पतालमा निधन भयो । करिब ५५ प्रतिशत चलन भएपछि उनको उचारकै क्रममा मृत्यु भएको अस्पतलले जनाएको छ । तर समयमा नै उनलाई उपचारका लागि अन्यन्त्र लगिएको भए उनको ज्यान बाँच्न सक्ने विश्लेषकहरु बताउँछन् ।

यो घटना सामान्य भने होइन् । आफ्नो जग्गाको लालपुर्जा राखेर निकालेको बाइकको सहयोगले बिहान बेलुकाको छाक टार्न र परिवारको व्यवहार मिलाउनकै लागि बिहान चार बजे पठाओ सवारी चालकका रुपमा थिए उनी । तर उनले फर्केर परिवारलाई भेट्न पाएनन् । रास्वपा नेतृत्वको सरकारले नागरिकलाई जिम्मेवार बनाउन भन्दै चर्को जरिवाना राखेको थियो । त्यसपछि राजस्व उठाउनकै लागि ट्राफिक प्रहरी र महानगर प्रहरी सल्लाह गरेर नै चालकहरुमाथि निर्मम खनिने गरेका छन् । नागरिकहरु बोल्न समेत पाउँदैनन्,प्रहरीहरुको बोली पनि रुखो सुनिन्छ । तर राज्यका जिम्मेवार निकायहरुले नागरिकहरुमाथि गर्ने क्रियाकलाप भने सही हुन आवश्यक छ । सम्बन्धित निकायले ती सवारी चालकमाथि राम्रो व्यवहार देखाएको भए आज सो घटना हुँदैन थियो कि भन्ने विश्लेषण भइरहेको छ ।

गृहमन्त्रालयले नेपालीलाई बचाउनका लागि राज्यका सम्पूर्ण संयन्त्र प्रयोग गर्ने तयारी गरेको तर उपचारका क्रममा अन्यन्त्र लान नसकिने चिकित्सकहरुको सुझावका कारण उनलाई भारत लान नसकिएको बताएकाे छ । राज्यले पूर्व तयारीलाई प्राथमिकतामा राखेको भए घाइतेलाई बचाउन सकिने विश्लेषण भइरहेको छ ।

राज्यले नागरिकहरुको मनोविज्ञान बुझ्न आवश्यक छ । यदि राज्यले नागरिकहरुको मनोविज्ञान बुझ्न सकेन भने अवस्था झन गम्भिर हुने संकेत देखिन्छ । बिहीबारको घटना सेलाउन नपाउँदै शुक्रबार पनि सर्लाहीमा पनि एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। सर्लाहीको गोडैता नगरपालिका स्थायी ठेगाना भएका ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएको र उपचारका लागि हेलिकप्टरको माध्यमबाट हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

वि.स २०७९ सालमा तत्कालीन सरकार पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको थियो । उक्त सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने थिए। तत्कालीन समयमा पनि राज्यले गरिब नागरिकहरुमाथि गरेको दमनका कारण इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आत्मदाह गरेका थिए । आफ्नो व्यापारमा आर्थिक संकट सिर्जना भएको भन्दै सरकारको विरोधमा २०७९ माघ १० गते नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आत्मदाह गरेका थिए। उनको पनि उपचारकै क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा माघ ११ गते निधन भएको थियो।

बारम्बार सरकारको विरोध ,ध्यानाकर्षण र सुझाव दिदाँ समेत सरकार निरङकुश शैलीमा अघि बढेपछि पीडितको पीडा सुन्ने कोही नभएपछि नागरिकहरु अकालमैँ ज्यानको गुमाउन विवश हुन्छन्,। त्यसैले नागरिकहरुको आवाज समयमैँ सरकारले सुन्नेपर्छ । यदि राज्यले नागरिकका समस्या,पीडा र अवसरमा समयमा नै मलम नलगाउने हो भने आगामी दिन राज्यले ठूलो क्षेत्री बेहोर्न नपर्ला भन्न सकिँदैन् ।

विगतका कांग्रेस एमाले र माओवादीको सरकारभन्दा निरङकुश देखिन्छ रास्वपा नेतृत्वको सरकार । प्रधानमन्त्री बनेपछि बालेनले सुकुम्वासीको बासमाथि डोजर चलायो । सोही दुई जना नागरिकले ज्यान गुमाउन बाध्य भए। उनीहरुले सरकारलाई निवासमा डोजर चलाउनुअघि नै स्थायी समाधानका लागि अपिल गरेका थिए । तर राज्यले उनीहरुको चित्कार सुन्न नसक्दा दुःखद घटना घटयो । बल्खुस्थित सुकुमवासी बस्तीमा डोजर चल्दा काठमाडौंका सडक र गल्लीहरूमा भारी बोकेरै परिवार पालिरहेका खोटाङका ६१ वर्षीय इन्द्रबहादुर राईले खोलामा हाम फालेर हत्या गरे । उनको शव सोही खोलामा फेला परेको थियो ।

सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्तीका बसोबासीको घरमाथि डोजर चलाएपछि विस्थापित सुकुम्वासीहरुको पीडा अहिले पनि सुन्न सकेको छैन् । उनीहरुले बस्नका लागि बास पाएका छैनन्,काठमाडौँमा कोठमा पाउनै मुस्किल छ । १५ हजार भाडा दिएर सुकुम्वासीहरुको स्थायी समाधान हुन्छ ? । सिन्धुपाल्चोक, बाह्रबीसेका हस्तबहादुर तामाङले सरकारकै कारण १९ वर्षीय छोरा गुमाउनु प्यो । उनका १९ वर्षीय छोरा रविन तामाङले सरकारले घरमा डोजर चलाइदिएपछि आफ्नै घरको शौचालयमा झुन्डिएर आत्महत्या गरेका थिए । सरकारलाई मत सुकुम्वासीकै , के सुकुम्वासी नेपाली नागरिक होइनन् ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *