देश

भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजार आवास भाडा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित परिवारलाई स्थायी आवास निर्माण नहुँदासम्म मासिक रुपमा चार जनासम्मको परिवारलाई १५ हजार रुपैँया दिर्ने निर्णय गरेको छ । संचारमन्त्री डा.विक्रम तिमिल्सिनाले सामाजिक संजालमा एक सुचना जारी गर्दै सरकारको निर्णय भएको जनाएका छन् । बाढी प्रभावित नागरिकहरूको राहत, पुनर्स्थापना र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको र मन्त्रिपरिषदको बैठकले पनि सोही कुरा निर्णय गरेको बताएका छन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भोटेकोशी बाढी प्रभावित चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भएमा प्रति सदस्य मासिक थप २ हजार रुपैयाँ अतिरिक्त रकम उपलब्ध गराउने निर्णय गरेको मन्त्री तिमिल्सिनाले जनाएका छन् । कुनै परिवारले मासिक नगद भाडा सुविधा लिन नचाहनेहरुका लागि स्थायी आवास निर्माण नहुँदासम्म अस्थायी आवासमा नै राख्ने निर्णय गरेको समेत उनले जनाएका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *