देश

त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजको पांग्रामा आगो, उडान अवतरण बन्द

काठमाडौँ। काठमाडाैंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजकाे पांग्रामा आगो लागेको छ । विमानमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

विमानस्थल बन्द भएपछि अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अहिले उडान अवतरण बन्द भएकाे बताए । उनले भने, ‘अहिले उडान अवतरण बन्द छ, जहाजलाई धावनमार्गबाट ट्याक्सीवेमा लगेर यात्रुको उद्धार हुँदैछ ।’

विमान धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको उनले बताए । विमानमा के कारणले आगाे लागेकाे भन्ने विषयमा अध्ययन भइरहेकाे उनले बताए ।

उनले भने, ‘के कारणले आगो लागेको हो, पत्ता लगाउन बाँकी छ । जहान ट्याक्सी वेको सुरक्षित स्थानमा ल्याएपछि र वस्तुस्थितिको मूल्याङ्कन पश्चात् उडान नर्मल हुनेछ ।’

बिहान ६:३५ मा विमानस्थलमा ल्यान्ड भएकाे जहाजमा २७७ जना यात्रु थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *