राजनीति

एमसीसी कार्यान्वयन र द्विपक्षीय साझेदारीमा प्रधानमन्त्री–अमेरिकी राजदूतबीच छलफल

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्की र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच अमेरिकी सहयोग परियोजना एमसीसीसहित द्विपक्षीय साझेदारीका विभिन्न विषयमा छलफल भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा राजदूत थम्पसनले बधाई ज्ञापनका लागि पुगेका बेला भएको भेटमा एमसीसी सम्झौताका प्राथमिकता, व्यापार, आर्थिक वृद्धि र विपद् व्यवस्थापनसम्बन्धी एजेन्डामा कुराकानी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार राजदूत थम्पसनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपालको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको निरन्तर समर्थन रहने आश्वासन दिएका छन्। सो अवसरमा अमेरिका र नेपालको ७८ वर्षदेखिको साझेदारीलाई स्मरण गर्दै दुवै पक्षले एमसीसीलाई नेपालकै रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा अगाडि बढाउने सहमति प्रकट गरेका थिए।

दूतावासले एमसीसी कार्यान्वयनले नेपाल–अमेरिका सम्बन्धलाई अझ सुरक्षित, सबल र समृद्ध बनाउने विश्वास व्यक्त गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *