काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजे हुने छलफलमा मुख्यमन्त्रीहरूको धारणा सुन्ने उद्देश्य रहेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिएका छन्।
छलफलमा सुदूरपश्चिम प्रदेशका कमल शाह, कर्णालीका यामलाल कँडेल, लुम्बिनीका चेतनारायण आचार्य, गण्डकीका सुरेन्द्र पाण्डे, बागमतीका इन्द्र बानियाँ, मधेसका कृष्णप्रसाद साह र कोशी प्रदेशका हिक्मत कार्की सहभागी हुनेछन्।
मुख्यमन्त्रीहरूको कुरा सुनेर संघीय सरकारको नीति तथा प्राथमिकताबारे छलफल गर्ने तयारी रहेको जनाइएको छ।
प्रधानमन्त्री शाह संघीयतालाई थप सुदृढ बनाउनुपर्ने पक्षमा रहेको र त्यसका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा सरकार तत्पर रहेको सचिवालयले जनाएको छ।




