देश

सभामुखद्वारा १२ सांसदको संसदीय समिति हेरफेर, सुनुवाइ समितिसहित विभिन्न समितिमा व्यापक सरुवा

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १२ सांसदको संसदीय समितिमा हेरफेर गरेका छन् । प्रतिनिधिसभा सचिव हर्कराज राईले बिहीबार विज्ञप्ति जारी गर्दै अधिवेशन प्रारम्भ भएपछि सहमतिका लागि प्रस्ताव गर्ने गरी हेरफेर गरिएको जानकारी दिएका हुन् ।

नयाँ व्यवस्था अनुसार संसदीय सुनुवाइ समितिमा रञ्जु न्यौपानेको स्थानमा पुनमकुमारी अग्रवाल र चन्दनकुमार सिंहको स्थानमा दीपकराज बोहोरा ल्याइएका छन् ।

त्यसैगरी राम लामालाई राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सरुवा गरिएको छ भने गणेश कार्कीलाई पनि सोही समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा लगिएको छ ।

जगदीश खरेल (ललितपुर)लाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा स्थानान्तरण गरिएको छ ।

दीपकराज बोहोरा र बब्लु गुप्तालाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा सरुवा गरिएको छ ।

रहबर अन्सारीलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा पठाइएको छ ।

हरि प्रसाद भुसाललाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सरुवा गरिएको छ ।

चन्दनकुमार सिंहलाई उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्थानान्तरण गरिएको सचिव राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *