देश

संसद् विघटनबारे सभामुख घिमिरेको टिप्पणी : समाधान भित्रैबाट खोज्न नसक्नु दुःखद विषय

काठमाडौं। सभामुख देवराज घिमिरेले हालको राजनीतिक संकट संसद् विघटन नगरी नै व्यवस्थापिकाभित्रबाट समाधान खोजिएको भए देशलाई ठूलो अस्थिरता बेहोर्नु नपर्ने बताएका छन्। उनले राजनैतिक संकट हटाउन भित्रि समाधान खोज्न नसक्नु दुःखद भएको बताए ।

पत्रकारहरूको प्रश्नमा घिमिरेले भने, “विघटनको बाटो नअपनाई भित्रै बाटो खोजिएको भए अझ राम्रो हुन्थ्यो। अहिले जे भइरहेको छ, त्यो दुःखद् हो तर अब सबै मिलेर अघि बढ्नु हाम्रो दायित्व हो।”जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवन निरीक्षण गर्न पुगेका सभामुखले मुलुकले सामना गरिरहेको संकटलाई गम्भीर बताउँदै त्यसबाट उठ्ने जिम्मेवारी सबै तह–स्तरको भएको टिप्पणी गरे।

उनको भनाइमा, अन्तरिम सरकारमाथि ठूलो जिम्मेवारी आएको छ र अब समाधानतर्फ जानै पर्ने अपरिहार्यता छ। साथै, व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका तीनवटै स्तम्भमाथि आक्रमण हुँदा गम्भीर परिस्थिति बनेको भन्दै उनले यसको गहिरो समीक्षा गरेर मुलुकलाई उकास्न आम नागरिकको सहभागिता जरुरी हुनेमा जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *