देश

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौं ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्। उनले शुक्रबार बेलुका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा दिएका हुन्। मन्त्रालयमा पुगेर उनले राजीनामा दिएको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ।

श्रेष्ठमाथि नीतिगत अनियमितताको आरोप लाग्दै आएको थियो। उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गर्दै आएको छ । श्रेष्ठ डेढ वर्षअघि बोर्डमा नियुक्त भएका थिए। बिचौलिया समूहले उनलाई नियुक्त गरेको आरोप लाग्दै आएको छ।

श्रेष्ठलाई सरकारले १० मंसिर २०८१ मा धितोपत्र बोर्ड कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *