काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्रीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका उनी आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका हुन्।
मिश्रीले भेटवार्तामा नेपाल–भारत सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका एजेन्डाबारे प्राथमिक छलफल गरेका स्रोतले जनाएका छन्। यसपछि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट्ने कार्यतालिका छ।
भदौ २ गते स्वदेश फर्कने तयारीमा रहेका मिश्रीले फर्किनुअघि पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ।




